काठमाडौं,३० फागुन । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गर्नु भएको छ ।
सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भन्नु भयो ,पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दावी गर्नु भयो । उहाँले यसमा थप्दै भन्नु भयो, कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेका छन् ।
जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्य्दिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै यस्ता क्रान्तिको आवश्यकता नरहेका बताउनु भयो ।
जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उहाँले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्