विप्लव समूहको बिहीबार नेपालबन्द, यस्तो देखियो काठमाडौं

2019-03-14 10:26

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।


पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको हो ।
आज बिहानैदेखि सार्वजनिक सवारी साधान कम चलेका छन् । मोटरसाइकल तथा निजी गाडी चलेपनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई समस्या भएको छ ।

नेकपाको नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ । सरकारले दमन गर्न थालेको भन्दै विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको हो । बन्दको प्रभाव शैक्षिक संस्थामा पनि परेको छ ।


बन्द कारण पाल्पामा लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैन भने एम्बुलेन्स दूध बोक्ने गाडि छिटफुट रुपमा चलेका छन । त्यस्तै, उदयपुरको कटारी नगरपालिका—२ देवीधापस्थित सडकमा वम भेटिएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुन ढुगा) सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेट अगाडी वम राखिएको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ

    Comment Here!


सम्बन्धित समाचार

View All