काठमाडौं– ललितपुरको नख्खु स्थित एनसेल गेटअगाडि भएको बम विस्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने गोप्य राखेको छ। स्रोतका अनुसार पक्राउ परेका दुवै जना एनसेन टावरको सुरक्षाका लागि खटिएका व्यक्ति भएको बताइन्छ।
प्रहरीका अनुसार बम बिस्फोट हुनुभन्दा केही समय अघि तीन चार जनाको समूहमा केही व्यक्ति एनसेल टावर अघि आएका थिए।
उनीहरूले एनसेलेको सुरक्षा गार्डसँग केही कुरा गरेर बाहिरिएको सिसी टिभी फुटेजमा समेत देखिएको प्रहरी स्रोतले जानकारी दियो।
उनीहरू त्यहाँबाट बाहिरिएको केही समयपछि प्रेसर कुकुर बम विस्फोट भएको थियो।
प्रतिक्रिया दिनुहोस्