काठमाडौं, ६ फागुन । पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको हो ।
कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड आफैले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउनेगृहकार्य गरिरहनुभएको बेला सचिवालय बैठक बसेको हो ।दुवै अध्यक्षले पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार एकता गृहकार्यबारे छलफल गर्नुभएको हो ।
ओली र प्रचण्डले गत माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाउनु भएको थियो ।नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए । खासगरी नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद छ । यसअघि पोखरेलले मुख्यमन्त्रीको पद त्याग्ने तर पार्टीको जिम्मेवारी नत्याग्ने भनेपछि नेकपामा एकता प्रक्रिया पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्