काठमाडौं , ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरपछि बस्ने बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रतिवेदनमा छलफल गर्ने तयारी छ ।
गत जेठ ३ गते पार्टी एकता गरेको नेकपाले ३ महिनाभित्र पार्टी एकताको कोर्ष पूरा गर्ने बताउँदै अन्तर पार्टी निर्देशन जारी गरेको थियो । जेष्ठ १६ गते मातहतको कमिटी र कार्यकर्ता पङ्तिलाई परिपत्र गरिएको अपानीमा १५ दिनभित्र पार्टी विधान र राजनीतिक प्रतिवेदन छाप्ने उल्लेख छ । तर, ९ महिनासम्म राजनीतिक प्रतिवेदन र विधानको टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्