काठमाडौ,२९ माघ । नेपालका ग्रामीण भेगमा देखिएका खानेपानीका समस्या समाधान गर्न आवश्यक सहायताका लागि फिनल्याण्ड सरकारले चासो दिएको छ ।
खानेपानी मन्त्री बीना मगरसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिननले आज गर्नुभएको शिष्टाचार भेटमा घण्टौँ हिँडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको बताउनुभयो ।
भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनालाई पूरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गर्नुभएको मन्त्री मगरका प्रेस संयोजक सुकदेव चापागाईंले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्