काठटमाडौं,२८ माघ । संघीय सरकारको मातहत रहने गरी समायोजन गर्न सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन ।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा सोमवार पनि सरकारी चिकित्सकहरुले काठमाडौंको वीर अस्पतालबाट रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मूलगेटसम्म ¥यालीसहितको प्रर्दशन गर्दै आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन ।
सरकारले आफूहरुको वृत्ति विकास तथा सेवा, सुविधा कटौति हुने गरी प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयक ल्याएपछि त्यसको विरोधमा प्रर्दशन गर्नु परेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिनु भयो । बढुवा हुने, अध्ययन गर्नेलगायतका सेवा, सुविधा कटौति हुने गरी सरकारले समायोजनमा लगेकोमा सरकारी चिकित्सकहरुको आपत्ति छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सरकारी चिकित्सकहरुको माग अनुसार समायोजन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले सरकारी चिकित्सकहरुको माग सम्बोधन हुनेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनु भएको हो । उहाँले संचारकर्मीमाझ सरकारी चिकित्सकहरुको वृत्ति विकासलगायतका विषयमा अवरोध आउन नदिन मुख्यसचिव लोकदर्शन रेग्मीको पनि आपूmले ध्यानाकर्षण गराइएको पनि बताउनु भयो ।
सरकारी चिकित्सकहरुले संघीय सरकार मातहत राखेर आफूहरुलाई समायोजन गर्न माग गर्दै आईतबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दा प्रहरीले धरपक्कड गरेको थियो ।
प्रर्दशनमा उत्रिएका सरकारी चिकित्सकहरुले आफूहरु आफूहरुको शान्तिपूर्ण विरोध प्रर्दशन गर्न पाउने अधिकारबाट पनि बञ्चित गराउने प्रयास सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्