विरगन्ज २७ पुस । गृहमन्त्री राम बाहादुर थापाले देश राष्ट्र र मधेशको जिम्मेवारी आफुहरु सबैको काधमा आएको बताएका छन ।
विरगन्ज उधोग बाणिज्य संघको ४३ औं बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले हिजोको एकात्मक प्रणालीको अन्त भएको बताउदै विरगन्जकोे विकास त्यहाँका स्थानिय सरकार, प्रदेश सरकार र विरगन्ज बासीहरुले नै गर्नुपर्ने बताएका हुन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिगतका दिनहरुमा उधोगको विकासको काम र सम्बृद्धीमा बाधक भएको कानुनहरु हटाएर नया कानुन प्रदेश सभा र प्रतिनिधी सभाले बनाउने बताए ।
हिजोका दिनहरुमा बनेका कानुनहरुले विकासको बाधक भएकाले त्यस्ता कानुनहरुलाई हटाएर नया कानुन बनाउन जरुरी भएको जिकिर गरे ।
उनले नेपालको औधोगिक विकासमा विरगन्ज उधोग बाणिज्य संघले ऐतिहासिक भुमिका निर्वाह गरेको योगदानको बारेमा चर्चा गर्दै त्यस संघलाई राज्यले र सिंगो देशले बधाई दिनु पर्ने बताए ।
मन्त्री थापाले हिजोका दिनका राजनितिक कारणले गर्दा जुन यो संघले र विरगन्जले जुन सम्मान र स्थान पाउनु पर्ने थियो त्यो नपाउनुका कारण हिजोको दिनका राजनिती कारण थियो त्यो अवस्था अहिले नरहेको उल्लेख गरे ।
आज भएको विरगन्ज उधोग बाणिज्य संघको ४३ औं साधारण सभाले भोलीका दिनहरु देखी विरगन्ज उधोग बाणिज्य संघका अध्यक्षमा सर्व सहमतीबाट गोपाल केडिया चयन हुने भएका छन ।
प्रतिक्रिया दिनुहोस्