बुटवल, २७ पुस ।
राजधानीमा ह्वाईट बडीको चर्चा सेलाउन नपाउंदै प्रदेश ५ मा प्रदेश सरकारले खरिद गरेको सवारी साधनहरु बिबादमा परेकाछन् । सरकारले खरिद गरेको गाडीको छानविन यतिबेला प्रदेशसभाको सार्वजानीक लेखा समिति सम्म पुगेको छ । सरकारका अंगहरु धमाधम बिबादमा मुछीइृरहेका बेला प्रदेश नम्बर ५मा पनि सरकारमा सहभागि नेताहरु अनियमीतताको बिबादमा मुछिएकाछन् । प्रदेश सरकारले खरिद गरेको १३ वटा सवारी साधनहरु ब्यक्तिलाई बिक्रि गर्ने मुल्य भन्दा बढी मुल्यमा खरिद गरिएको पाईएपछि सरकारी निकायमा सहभागि नेकपाका नेताहरु बिबादमा परेकाछन् । सरकारले खरिद गर्दा टाटा मोटर्सको अधिकृत बिक्रेताले ब्यक्तिलाई बेच्ने मुल्य भन्दा झण्डै ३ लाख बढी मुल्यमा प्रदेश सरकारले खरिद गरेको भेटिएपछि प्रदेश ५ सरकार बिबादमा मुछिएको हो ।
गाडी खरिद सम्बन्धी बिबादका बिषयमा शुक्रबार दिनभरी प्रदेशसभा अन्तर्गतको सार्वजानीक लेखा समितीमा छलफल भएको थियो । गाडीका बिषयलाई एजेण्डा बनाएर बोलाईएको बैठकमा ९ जनाको मात्र उपस्थिती रहेको थियो । प्रदेश नम्बर ५को लेखा समितीमा १३ जना सदस्य रहेकाछन् । गाडी खरिदमा टाटा मोटर्सका अधिकृत बिक्रेता सफल मोटर्स ईण्टरनेशनलले बिक्री गर्ने मुल्य भन्दा टाटा मोटर्सले ५ लाख बढी मुल्यमा सरकारलाई गाडी बेचेको थियो । सरकारले ७१ ला ९४ हजार ९ सय ९९ मा बिक्री गरेको गाडी अधिकृत बिक्रेता सफ अटोले ६८ लाख ५५ हजारको कोटेशन अन्य निकायलाई उपलब्ध गराएको पाईएको थियो ।
उता बिबादमा मुछिएका नेकपाको तर्फबाट प्रदेशसभाका सचेतक भुमिश्वर ढकालले भने बिधि र प्रक्रिया भित्रै रहेर सरकारले गाडी खरिद गरेको भन्दै सरकारको बचाउ गर्न खोजेकाछन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा ढकालले सरकारको बचाउ गरेका थिए । ढकाल सफल अटोका लगानीकर्ता समेत रहेको बताईएको छ । उनले सफल अटोको गाडी बिक्रीमा कुनै सहभागिता नरहेको भन्दै खरिदमा संलग्न भएकाले उन्मुक्ति पाउन नहुने बताउंछन् ।
प्रदेशसभामा संघिय समाजबादी फोरमका सभासद सन्तोष पाण्ेडेले भने जनताको करबाट जम्माभएको रकमको दुरुपयोग गर्नेहरुलाई छाड्न नहुने बताउंछन् ।
शुक्रबार दिनभरी लेखा समितीको बैठक बसेपनि छानबिनका लागि आएको पोका कसले खोल्ने भन्ने बिषयमा निश्कर्ष निकाल्ने बिषयमा लामो छलफल भएको थियो । समितीका सदस्यहरुले सभापति डिल्ली चौधरीलाई छानविनको नेतृत्व लिन आग्रह गरेपनि चौधरीले आफुलाई गाडी खरिदको बिषयमा थाहा नभएको भन्दै पन्छीन खोजेका थिए । समितीले यस अघिकै बैठकमा बिभिन्न कार्यालयबाट खरिद प्रक्रियाको कागजात मगाएको थियो । बैठकले सभासद कुलप्रसाद पोखरेलको संयोजकत्वमा कल्पना पाण्डे र बैजनाथ कलवार रहेको पोका खोल्ने समिती गठन गरेको छ । समितिले आजैबाट पोका खोलि छानविन सुरुगर्ने लेखा समितिका सभापति चौधरीले जानकारी दिएकाछन् ।
आजै लेखा समितीका संयोजक चौधरीले प्रयोग गरेको गाडीको चाबी संसद सचिवालयमा बुझाएका छन् । बिबादीत गाडी प्रयोग गर्दा छानविनमा समस्या आउने देखिएर गाडी बुझाएको बताईएको छ । चाधरीले बिबादीत गाडी प्रयोग गर्दै आएका थिए ।
पारदर्शीता र शुन्य सहनशिलताको कुरा गरेर नथाक्ने सरकारमा सामेल नेताहरु एकपछि अर्कोगरि बिबादमा आउनु सरकारका लागि मात्र नभएर नेकपाकै लागि राम्रो सन्देश हुन सक्दैन । ५ नम्बर प्रदेश सरकारको गाडी खरिदमा देखिएको बिकादका बिषयमा यथासिघ्र सत्यतथ्य जनताका सामु आउनै पर्दछ ।
प्रतिक्रिया दिनुहोस्