डाेल्पा , १३ पुस ।पत्रकार रामचन्द्र न्याैपानेद्वारा अभिनित म्युजिक भिडियाे युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
मार मलाई जलाउ मलाई बाेलकाे गितमा बनाईएकाे लाेकगीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे । सम्पुर्ण छायांकन डाेल्पामै गरिएकाे भिडियोमा स्वर अमित बाबु राेकाय र शारदा धितालकाे छ भने सुनिल दाहालले संगित दिएकाछन् ।
बादल न्यौपानेको सम्पादनमा तयार भएको उक्त लोक दोहोरी गीतको म्युजिक भिडियोको छायांकन र निर्देशन नव कलाकार लक्ष्मण देवकोटाले गरेका छन्।
भिडियोमा पत्रकार रामचन्द्र न्यौपाने र सुनिता बुढाको उत्कृष्ट अभिनय देख्न सकिन्छ। प्रचुर सम्भावनाकाे खानी डाेल्पालाई देश बिदेशमा चिनाउने र सांगीतिक क्षेत्रमा थाेरै भएपनि याेगदान पुर्याउने लक्ष्य अनुरुप सम्पुर्ण छायांकन डाेल्पामै गरिएको निर्देशक देबकाेटाले बताए ।
प्रतिक्रिया दिनुहोस्