हेटौंडा ,१ पुस । आफ्नी श्रीमती र एक वर्षकी छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेवारपानीको राप्ती खोलामा श्रीमती र छोरीको हत्या गरी शव फ्यालेर बेपत्ता भएका भारतीय नागरिक राज्य मोतिहारी घर भई हेटौंडा ५ मा डेरा गरी बस्ने महम्द रामजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत मङसिर १८ मा राप्तीखोलामा शव भेटाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । आमा–छोरीको हत्या गर्ने दर्जीलाई पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादका कारण उनले भारतबाट आएका आफ्नै भाइसँग मिलेर श्रीमती २५ वर्षकी लालमुन खातुनको हत्या गरेको स्वीकार गरेका छन् ।
श्रीमतीको हत्या गरेको खुल्ने डरले भाइको सहयोगमा १ वर्षकी छोरी रोषन खातुनको पनि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन ।
२२ गते बालिकाको शव फेला परेको स्थान नजिकै एक महिलाको शव पनि प्रहरीले फेला परेको थियो । दर्जीका भाइ अरमान मियाँको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्