काठमाडौं,२९ मङसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेकपाका नेता वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन बाहेक छुट्टै प्रतिवेदन पेश गरेपछि बैठक स्थगित भएको हो । अध्यक्षको प्रतिवेदनपछि गौतमले व्यक्तिगत रुपमा आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो ।
अध्यक्ष ओलीसँग निकट रहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट हुँदै आउनुभएको छ । बैठक सोमबार विहान ११ बजेका लागि बोलाइएको छ । आइतबार प्रतिवेदन अध्ययनका लागि समय छुट्याइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्