काठमाडौं,२५ मङसिर । नेपाली कांग्रेसले सरकारको चरित्र मूलतः अधिनायकवादी भएको निष्कर्ष निकालेको छ । मंसिर २८ गतेदेखि शुरू हुने महासमिति बैठकमा लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा कारणसहित सरकारलाई अधिनायकवादीको संज्ञा दिएको हो ।
संघीयताप्रति उदासिनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न, संचार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप आदि पाँच कारण देखाउँदै उसले सरकारलाई अधिनायवादीको आरोप लगाएको छ । “यतिबेला देशमा नेपाल कम्युनिष्ट पार्टीको सरकार छ ।
हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा छौं । गुण र दोषको आधारमा सरकारलाई समर्थन र विरोध गर्ने हाम्रो नीति रही आएको छ । यसलाई निरन्तरता दिइनेछ । संसदीय लोकतान्त्रिक प्रणालीप्रति तीव्र विमति राख्ने दुई कम्युनिष्ट पार्टी अन्तत नेपाली कांग्रेसले विश्वास गरेकै राजनैतिक प्रणालीमा सहभागी हुनु नेपाली कांग्रेसको सैद्धान्तिक विजय हो । यसका स्थापित मूल्य र मान्यताको रक्षा गर्ने गम्भीर दायित्व पनि नेपाली कांग्रेसमा नै आएको छ,” कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।
Nepali_Congress_Rajnitik_Prastab
प्रतिक्रिया दिनुहोस्