कास्की, २५ मङसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । कास्कीमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका हुन ।
शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताएका छन ।
‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको बताएका छन ।
उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरेका छन ।
साथै प्रचण्डले जन्मस्थान कास्कीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेपनि चुनावचाहिँ चितवनबाटै लड्ने बताए ।
प्रतिक्रिया दिनुहोस्