पोखरा, १ मङसिर । बेलुन नेपाल प्रालिले पोखरामा पहिलो पटक व्यावसायिक “हट एअर बेलुन” उडान सुरु गरेको छ ।
पोखराको हल्लनचोकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको टोलीलाई लिएर आज बिहान सफल उडान परीक्षण गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि छुट्टा –छुट्टै उडान प्याकेज ल्याएको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रविण महर्जनले बताएका छन । उनका अनुसार बेलुन नेपालले २ प्रकारका बेलुन भित्राएको छ ।
महर्जनले कास्कीको पर्यटकिय गाउँ धम्पुसदेखि उडान भरेर मर्दी खोला किनार र हेम्जामा अवतरण गर्ने बताउदै ठूलो बेलुनमा एकै चौटि ८ जना सानोमा ६ जना बस्न मिल्ने बताए । नाइट्रोजन र एल्पी ग्यासको तातो हावाले उड्ने उक्त बेलुन५ सय मिटर उचाईसम्म उड्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस्