काठमाडौं, २२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।
नयाँ वर्षले सबैमा नयाँ जोस, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा गरेकी छन्।
सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूगने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्