पोखराले जित्यो पीपीएल उपाधि, चितवन तीन विकेटले पराजित

2018-11-06 15:37

 

काठमाडौं,२० कात्तिक । पहिलो पोखरा प्रिमियर लिगको उपाधि चितवन राहिनोजलाई तीन विकेटले हराउँदै पोखरा पल्टनले जितेको छ ।

टस जितेर पहिले बलिङ रोजेको पोखरा पल्टनले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउ“दै १९ ओभर दुई बलमा भेट्टाएको हो । पोखरा पल्टनका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए ।

उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल तयार पारे । त्यस्तै मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।

    Comment Here!


सम्बन्धित समाचार

View All