काठमाडौं,२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाईतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो । पितासंग टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्नुभएको थियो ।
आफुले टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाईदिनुभयो । ओलीले टीका ग्रहण पछि स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बालुवाटार पुगेका पत्रकारहरुलाई पनि टीका र जमरा लगाई दक्षिणा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्