काठमाडौं,१ कात्तिक । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुको ठुलोभ¥याङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
बा २६ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सिन्धुपाल्चोकको जुगल गाउ“पालिका वडा नम्बर ७ का ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो ।
उहाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्