मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

2018-10-16 15:44

 


धनुषा, ३० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।”

मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताउनुभयो ।

हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गर्नुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All