गौशाला ,३० असोज । महोत्तरीमा लागू औषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमवार भारतबाट अवैध रुपमा लुकाइछिपाई लागूऔषध बोकेर नेपाल ल्याउदै गरेका बेला सामान जाँचका क्रममा युवकलाई पक्राउ गरेको होे ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान, पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन ।
सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उनले जानकारी दिएका छन । उनीहरमाथि
लागूऔषध ओसारपसार मुद्दा चलाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्