१६ वर्षिय किशोरी सामूहिक बलात्कृत

2018-10-11 16:06

काठमाडौं,२५ असोज । रुपन्देहीमा चरंगेमा एक किशोरीको सामूहिक बलात्कार भएकी छन। रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे १६ वर्षिय किशोरी बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापा रहेका छन ।

उनीहरुले बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिवनगर जंगलमा मोटरसाइकलमा पु‍¥याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All