भिडियो कल गर्छु भनेका श्रीमानको मृत्युको खबर पाएपछि…

2018-09-20 20:42

काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले बिसालु रक्सीका कारण ज्यान गयो । उनी ५ वर्ष भन्दा धेरै भएको थियो मलेसिया गएको । मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान ओसार्ने काम गर्ने उनकी पत्नी केशरीमाया काठमाडौंमा डेरा लिएर बसेकी बसेकी छन् ।

मलेसियामा रहेका श्रीमानले केशरीमायालाई फोन गरेर आफलाई साथीले भोज दिन लागेको बताएका थिए । केशरीमाया भोजबाट फर्किएपछि श्रीमानले फोन गर्ने पर्खाइमा थिइन् ।

फोन बज्यो, तर श्रीमानले आत्तिँदै कुरा गरे । भोजमा रक्सी खाएपछि आफूलाई बान्ता हुन थालेको भनेपछि केशरीमाया बेस्सरी आत्तिइन् । दाइले भाउजुलाई भिडियो कल गर्न भन्नुभएछ’ मिमबादुरका कान्छा भाइ सोम घलेले भने भाउजुले भिडियो कल गर्न पाउनुभएनछ ।’ केशरीमायाले भिडियो कल गर्न खोज्दा मिमबहादुरलाई अस्पताल पुर्‍याइ सकिएको थियो ।

त्यसपछि उनको मृत्यु अस्पतालमै भयो । भिडियो कल गर्छु भनेका श्रीमानको मृत्युको खबरले केशरीमाया अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All