अख्तियार दुरुपयोग प्रमुख आयुक्तमा नवीन घिमिरे चयन

2018-09-20 16:43

काठमाडौं,४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरे सर्वसम्मतले चयन भएका छन् । विहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई चयन गरेको हो

सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत चयन भएका हुन् । घिमिरेले आयोगको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन ।

संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All