काठमाडौ, ४ असोज । तेजाब छ्यापेर युवतीलाई घाइते बनाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीमाथी तेजाब छ्यापेका थिए ।
पासवानकी ६५ वर्षीया वृद्धा श्रीमती छन् भने उनले चन्द्रपुर ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई गएको २६ भदौमा राती १२ बजे सुतेकै ठाउँमा गएर अनुहारमा तेजाब प्रहार गरेका थिए । घाईते दुबै युवतीको किर्तिपुरमा उपचार भइरहेको छ । दिदी सम्झनाको शरीर ३५ प्रतिशत भाग तेजाबले जलेको छ ।
घाइते मध्येकी सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएका थिए । प्रहरी अनुसन्धानमा प्रमेको विषय खुलेको प्रहरीले जानकारी दिएको छ । मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी र किशोरीको बयानका आधारमा पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
एकै दिन रातको समयमा मात्रै दर्जनौंपटक किशोरीलाई फोन गर्नुको कारण एकतर्फी प्रेम हुनसक्ने प्रहरीको अनुमान छ । सयौं पटक फोन गर्दा पनि किशोरीले फोन रिसिभ नगरेपछि आक्रोसमा आएर पासवानले तेजाब आक्रमण गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।
पासवानलाई युवतीहरुले ठुलोबाबा भनेर बोलाउने गरेका थिए । बयानको क्रममा उनले ठुलो बाबाले आफु माथी एसिड प्रहार गरेको बताएकी छन् । पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको बताउँदै प्रहरीले दोषीलाई कानुन अनुसार कारवाही हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्