काठमाडौं,३ असोज । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ ।
नयाँ मिडिया प्रालिले बुधबारदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन पत्रिकाको शुभारम्भ गर्दै सभामुख महराले सबै विद्ययेकमा व्यापक छलफल भएको बताउनुभएको हो ।
उहाले केहि विद्येयकमाथि संसोधनको प्रश्न उठेको भन्दै आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गर्नुभयो ।
सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन नहुने बताउनुभयो ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्