काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काठमाडौंको जिल्ला अध्यक्षमा रामशरण ढुंगाना सर्वसहमत सिफारिस भएका छन् ।
तत्कालीन एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा बनेपछि काठमाडौं जिल्लाको नेतृत्वका लागि ढुंगानाको नाम तीन नम्बर प्रदेश कमिटीले सर्वसहमत सिफारिस गरेको हो ।
काठमाडौं जिल्लाले नै एकीकृत पार्टीको अध्यक्षका लागि ढुंगानाको मात्र नाम प्रदेशलाई सिफारिस गरेको थियो ।
ढुंगाना तत्कालीन एमालेको काठमाडौं जिल्ला सदस्य थिए । सचिवका लागि तत्कालीन माओवादी केन्द्रका महेश्वर फुँयाल सिफारिस भएका छन् । नेकपाको सचिवालयले बिहीबारसम्म सबै प्रदेशलाई सिफारिस बुझाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्