विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा बोल्ने गरेको घरघरमा ग्यासको पाईप पु¥याउने कुराको शुरुवात भएको छ । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने काम विराटनगर महानगरपालिका १४ मा पुरा भएको हो । उक्त सेवाको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा कानुनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन, संघीय मामिला मन्त्री लालबाबु पण्डित लगायतको उपस्थिति थियो । श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो ।
२०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट ग्यास उत्पादन गरेको छ । बिश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा तयार पाइप ग्यासले पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्याँस वितरण गरेको गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिनुभयो ।
उपभोक्ताको घरघरमा ग्याँस चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि साउन २० गते रातीदेखि नियमित आपुर्ति गरिरहेको उहाँको भनाई छ ।
सुरुमा ८४ लाख रुपैयाँमा निर्माण थालेको प्लाण्टको निर्माण लागत भने बढेर १ करोड २५ लाख पुगेको छ । शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो तर पछि प्रधानमन्त्री ओलीको पाइपबाट घरघरमा ग्याँस पु¥याउने सपना पूरा गर्ने उद्देश्यले वायो ग्याँस सहयोग कार्यक्रम अन्तर्गत सरकारले बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्