काठमाडौं ४ भाद्र । चितवनमा दुई किशोरी सामुहिक रुपमा जर्वजस्ती करणी गर्ने सात जना युवक पक्राउ परेका छन । दुर्इ छुट्टाछु्ट्टै घटनाका आरोपी सता जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २१ वर्षे युवराज सारुमगर, १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर २० वर्षीय आकाश थापा, ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षीय किशोर छन् ।
घटना साउन ३० गतेको भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले युवाहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिएपनि थप जानकारी अनुसन्धानपछि मात्र हुने उनले बताए ।घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घर पुर्या्इदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।
किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले भदौं १ गते गिरफ्तार गरेको छ ।बलात्कारको आरोपमा पक्राउ पर्नेमा माडी नगरपालिका(३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेछन् ।
प्रतिक्रिया दिनुहोस्