काठमाडौं ,३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय सूचना दिवस २०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले सरकारले सत्ताको दुरुपयोग नगर्ने बताउँदै पारदर्शिता र सभ्य समाज निर्माणको दिशामा लागेको बताउनुभयो ।
उहाले यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले भने यस्ता प्रकारको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव दिनुभयो ।
सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने भन्दै उहाले कसैको निर्देशनमा विरोधमा उत्रनुको कुनै तुक नभएको टिप्प्णी गर्नुभयो । उहाले भाद्र १ गतेदेखि जारी भएको देवानी संहिता धेरै अघि देखिनै छलफलमा आएको र १ बर्षअघि नै पारित भएको भन्दै ऐन नियम पालना गर्न र गराउनको लागि बनाएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाले सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियताको ख्याल गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक र पहुचलाई आमजनतामाफ पुराउनका लागी बिद्यालय स्तरदेखि बिभिन्न तह र तप्कामा छलफल चलाईएको बताउनुभयो ।
२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाइने गरेको हो । हाल कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचना हकको विषय समावेश छ भने नेपाल सरकारका २२ वटा तालिम केन्द्रको पाठ्यक्रममा सूचनाको हक समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्