काठमाडौं, ३ भाद्र । प्रधामनन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिनाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न भाषामा सन्देश लेख्नुभएको छ ।
२०७४ साल फागनु ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आइतवार नेपाली, मैथली, भोजपुरी, नेवारी, अंग्रेजी लगायतका भाषामा ट्वीट गर्नुभएको छ ।
‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ । सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ,’ ओलीले ट्वीटमा भन्नुभएको छ ।
फागुन ३ गते प्रधामनन्त्री नियुक्ति भएका ओलीले सोही महिनाको २७ गते संसदबाट विश्वासको मत जित्नुभएको थियो । ६ महिनाको अवसरमा सुशासनको आधारशीला खडा भएको समेत दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्