बुटवल, ३१ साउन ।
रुपन्देहीको सैनामैनामा विंगरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयले विंगर जलाईदिएका छन् ।
सैनामैना-४ मुर्गिया लायन्स चोक नजिकै लु १ ज २७२८ नम्बरको विंगरले लु १ प ७७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले विंगरमाथी आगजनी गरेका हुन् ।
विंगर गाडीको ठक्करबाट मोटरसाइकल चालक सैनामैना ४ का ४० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको छ ।
कलिपवस्तुको जीतपुरको चारम्बरबाट बुटवलतर्फ आउँदै गरेको विगंरले सैनामैना -१ रानिबगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
विंगरको लापरबाहीले गम्भीर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयहरुले पूर्व पश्चिम राजमार्गको मुर्गियामा सडक समेत अवरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्