चितवन , २५ साउन । चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट ४ सय ३२ जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् ।
शिक्षालयमा संचालित प्रहरी सहायक निरीक्षकको १ सय ७४ औ समुहको आधारभुत तालिम पुरा गरेका ४ सय ३२ जना प्रहरी आज दिक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।
प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमकोबीच गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षकक सर्बेन्द्र खनालले दिक्षित गर्नुको साथै समाजमा हुने अपराध र अमानविय क्रियाकलाप नियन्त्रण गर्ने गरि काम गर्न निर्देशन दिएका छन् ।
प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दिक्षित भएका प्रहरी सहायक निरीक्षककहरुलाई नागरिकको प्रहरीप्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाड बनाउने गरि कार्यक्षेत्रमा काम गर्न निर्देशन दिएका हुन् ।
प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका ४ सय ४१ जना प्रशिक्षार्थीहरुमध्य जम्मा ४ सय ३२ जना दिक्षित भएका हुन् । भर्ना भएका मध्य ४ जना बिरामी भएर तालिममा सहभागी हुन नसकेको, ४ जना बर्खास्त भएका र १ जनाको तालिमको क्रममा मृत्यु भएको थियो । दिक्षित हुनेमा ४ सय १८ जना पुरुष र १४ जना महिला प्रहरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्