भिडियोमा ‘आकाशको तारा’

2017-08-23 13:25

काठमाडौं, ७ भदौं । एक समय ‘विस्तारै विस्तारै’ गीत निकै रुचाइएको थियो । यसै गीतका गायिका वर्षा कर्माचार्यले नया“ गीत तथा भिडियो सार्वजनिक गरेकी छन् ।
भर्सस्टाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडीमात्र आफ्नै युट्युव च्यानलमार्फत ‘आकाशको तारा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । पछिल्लो समय चलचित्रमा निकै ब्यस्त रहेका संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।
हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All