काठमाडौं,६ साउन । पुर्वराष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको समृद्धिका लागी सबैलाई साथमा लिई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
वीपी बिचार राष्ट्रिय समाजले आईतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जीवनमा बिश्वेश्वर प्रसाद कोइराला भाग दुई बिमोचन कार्यक्रममा यादवले सबै जातजातीको हक अधिकारस्थापीत गर्दे मुलुकको समृद्धि र बिकासमा लाग्नुपर्ने बताउनुभएको हो ।
उहाले अहिलेपनि मधेश लगाएत केहि भूभागका जनताहरु अधिकार प्राप्तीका लागी आवाज उठाईरहेको भन्दै सरकारले छाती चौडा पार्दै सबैको भावनालाई समेटेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै उहाले मुलुकमा लामो सघर्षपछि संबिधान जारी भएको भन्दै संबिधानलाई सबै जनताको अपनत्व हुने वातावरण बनाउन जरुरी रहेको जिकिर गर्नुभयो । नेपाली राजनीतिमा वीपी कोईरालाले गर्नुभएको योगदानको चर्चा गर्दे पूर्वराष्ट्रपति यादवले गुटवन्दीलाई अन्त्य गर्दे सिन्द्धान्त अनुसार जनतामाफ जान काग्रेसलाइ सुझाब पनि दिनुभयो ।
मुलुकमा कम्युनिष्ट सरकार रहेको भन्दै उहाले काग्रेंसले एकतवद्ध भई अघि बढे त्यसलाई सहि बाटोमा ल्याउन सकिने जिकिर गर्नुभयो । कार्यक्रममा सहभागीहरुले नेपालको राजनीति र परिवर्तनमा बिश्वेश्वर प्रसाद कोइरालाले खेल्नुभएको भूमिको चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्