काठमाडौँ, ३ साउन । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डाक्टर गोविन्द केसी काठमाडौं आएका छन् ।
डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं ल्याइएको हो डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नआउने बताई रहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको छ ।
यसरी गाँउ बाट पूर्वतयारीका साथ केसीको समर्थनमा आउनुको मुख्य दोषि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देखिएका बुद्धिजीविहरुले बताएका छन् । मन्त्री पोखरेलले विहान एक्कासी पत्रकार सम्मेलन गरेर मिडियामार्फत अनशन बसेका केसीलाई काठमाडौ ल्याउने बताएपछि केसी समर्थक झन उग्र बनेको आरोप छ ।
डाक्टर केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्