ल्हासा, ९ असार । तिब्बत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबाट तिब्बतमा रहेको कृषि परियोजनाको अवलोकन गर्नुभएको छ ।
आज विहान तिब्बतस्थित सांग्रिला होटलको लुजी हलमा भएको दिवा भोजको कार्यक्रम सकिएपछि कृषि परियोजना निरीक्षण गर्नुभएको हो । आज विहान प्रधानमन्त्री ओलीले तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गर्नुभएको थियो ।
यसअघि बेइजिङ भ्रमण पुरा गरी हिजो दिउसो ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओली र छिटालाबीच ल्हासास्थित तिब्बत इन्टरकन्टिनेन्टल होटलमा आधाघण्टा भेटवार्ता भएको थियो । भेटमा छि टालाले नेपालले लिएको एक चीन नीतिको प्रसंशा गर्नुभएको थियो । छि टालाले नेपाल र तिब्बतबीचको दुईपक्षीय सम्बन्धलाई अझ बढाउने धारणा समेत राख्नुभयो ।
बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत रहेर नेपाललाई सबैप्रकारको सहयोग गर्ने पनि उहांले बताउनुभयो । नेपालका कम्युनिष्ट पार्टीहरु एकता भएकोमा खुशी व्यक्त गर्दै उहांले स्थिर नेपालको विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्