काठमाडौं, १८ जेठ । गर्मी याममा जीवाणुको संक्रमण छिटो छिटो फैलिन सक्ने भएकाले यो समयमा झाडा पखाला र हैजाका बिरामी बढेका छन् । स्वस्थ खाना, शुद्ध पानी र सरसफाई गरे झाडा पखालाबाट बच्न सकिन्छ । तर सामान्य कुरामा पनि ध्यान नदिँदा नेपालमा प्रत्येक वर्ष यो झाडापखालाले महामारीको रुप लिने गरेको छ ।
दुषितखाना तथा पानीकाकारण लाग्ने रोग झाडापखालाले वर्षेनी नेपालमा कहि नकहि महामारीको रुप लिने गर्दछ । जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्ने झाडापखाला जन्यरोगका कारण विशेषगरि नेपालमा वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ । विश्वमा हुने कुलबाल मृत्युमध्ये एक चौथाइ झाडापखालाकै कारण हुने गरेको बताइन्छ । दाङको शान्तीनगर गाउपालीका ३ र ४ वडामा गत शनिवारदेखि झाडापखालाले महामारीको रुप लियो । जहाँ १ हजार ६ सय ३५ जना बिरामी भए । जसमा महिलाको संख्या अत्याधिक रहेको थियो । तर अहिले भने झाडापखाला बिस्तारै नियन्त्रणमा आउन थालेको छ ।
झाडापखाला फैलनुको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । माइलीपानी खानेपानी आयोजनाको मुहानको पानी परिक्षणका क्रममा कोलिफर्म ब्याक्टेरिया भेटिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।
झाडापखाला खाना तथा पानीबाट सर्ने रोग हो । दिनमाचारपटक भन्दाबढी छिटोछिटो पातलो दिसा भएमा त्यसलाई झाडापखाला भएको मानिन्छ । गर्मीमा खाना छिटो बिग्रने, धुलोधुँवा, फोहोर, हुरीबतासका कारण रोगका किटाणुहरूले मानिसमा यस्ता रोगहरू सार्ने गर्दछन् । पेट दुख्ने तथा पातलो दिसाहुने, शरीरमा तरलमात्राको कमीभई जलवियोजन हुन्छ, ओठ, मुख सुक्ने, छिनछिनमा तिर्खा लाग्ने, वाकवाक लाग्ने तथा शरीर कमजोर र शिथिल हुने यस रोगका लक्षण हुन । गर्मीमा शरीरको तापक्रम सन्तुलनमा राख्न पानी धेरै पिउनुपर्ने हुन्छ । तर दुषित पानी पियो भने झाडापखाला लाग्नसक्छ ।
सामान्य कुरामा मात्र ध्यानदिन सके झाडापखालाबाट बच्न सकिने चिकित्सक बताउछन् । खाना र पानीमा ध्यान दिन सके यो रोगबाट बच्न सकिन्छ । खाना बनाउनुअघि, खानुअघि तथा दिसाधोइ सकेपछि राम्रोसंग साबुनपानीले हातधुने गर्नुपर्छ । खानेकुरा राम्रोसंग पकाएर मात्रखाने, फोहोर, बासीतथा सडेगलेको खानेकुरा नखाने, पानीउमालेर मात्रपिउने, फलफूल, सागपाततथा सलादहरु सफापानीले धोएर मात्रखाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।
यदि कसैलाई झाडापखाला लागिहालेमा शरीरमा पानीको मात्रा कम हुने भएकाले त्यतिकै अनुपातमा पुनर्जलीय झोल बनाएर खुवाइरहनु पर्दछ । झाडापखाला समयमै ठीक नभएमा महामारीकै रूपलिन सक्ने भएकाले लाग्ने बित्तिकै तुरुन्त स्वास्थ्य संस्थामा लगि स्वास्थ्यकर्मीसंग परामर्श लिई उपचार गर्नुपर्छ भने घरमै उपलब्ध हुनसक्ने खानेकुराहरू झोलपदार्थ, दाल गेडागुडी साथै तरकारी तथा फलपूmलको रस प्रशस्त मात्रामा खुवाउनु पर्दछ । स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक–पटक (साविकभन्दा बढि स्तनपान गराउन चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्