काठमाडौं, २२ चैत्र । भ्रमणमा कुनै नया सम्झौता नहुने भएपनि नेपाल भारतको सम्बन्धलाई बिस्तारको नया आयाम बन्न सक्ने देखिन्छ । संबिधान घोषणापछि भारतले लगाएको एक महिने नाकाबन्दीले सबन्धमा केही दरार उत्पन्न भएपनि पछिल्लो सयम भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिर्वन हुदै गएको आभाष हुन्छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रियताको मुद्धामा अडिक व्यक्तित्वको रुपमा भारतले बुझिसकेको हुनाले पनि ओलीको भ्रमण फलदायी बनाउन भारतले भरपुर प्रयास गर्ने निश्चित छ ।
यता उद्योग व्यवसायीहरु प्रधानमन्त्री ओलीको भारत भ्रमण राजनीतिक भन्दा पनि आर्थिक एजेण्डाको बिषयमा छलफल हुन आवश्यक रहेको बताउछन । स्थिर सरकारले समेत समृद्ध नेपालको निमार्ण गर्ने भनिरहेको बेलामा व्यवसायीले भारतसंगको व्यापार घाटा कम गरी नेपालमा लगानी भित्र्याउनका लागि अनौपचारिक रुपमा पहन गर्नुपर्ने व्यवसायीहरुको सुझाब छ । राजेशकाजी श्रेष्ठ अध्यक्ष, नेपाल चेम्बर अफ कर्मसबिगतमा ९÷९ महिनामा सरकार परिवर्तन हुने, सरकार परिवर्तन हुने वित्तिकै भारतको भ्रमण हुनै पर्ने र भारतसंग गरिने सम्झौताहरु कान्र्यान्यन नहुने गरेको तितो यर्थाथता छ ।
तर, अब, नेपालको स्थिर र शक्तिशाली सरकार भएका कारण भारतले समेतसहमति र सम्झौताहरु पालना गर्नेमा विश्वास गर्न सकिन्छ । भारतको नाकाबन्दी पछि दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण उद्योग व्यवसायीहरु समेत व्यवसाय गर्न असहजता भोग्नु परेको थियो । नाकावन्दी पछि बिग्रिएको सम्बन्ध सुधार गर्न भारत स्वयं आतुर भएका कारण व्यवसायीहरु अलिे बढी नै उत्साहित भएका छन् । अबको भ्रमण आर्थिक समृद्धिको लागि पर्यटन, उर्जा, व्यापार, नेपालमा भारतीय लगानी बढाउनुका साथै विगतका राष्ट्रहितमा रहेका सम्झौताहरु कान्र्यान्यन जोड दिनु पर्ने व्यवसायी बताउछन ।
नेपालमा वाम गठबन्धन सरकार बनेपछि नेपाल चीनसंगै नजिकिदै गएको भन्ने साउथ ब्लकको बुझाइ छ । यसैकारण नेपाललाई आफ्नो सुरक्षा छाताभन्दा बाहिर जान नदिन भारतले हरसम्भव प्रयास गर्न थालेको प्रष्टै हुन्छ । यसका लागि नेपाललाई फकाउनका लागि यसपटक भारत निकै उदार बन्न सक्छ ।
त्यसो त, बाम गठबन्धनले आफनो घोषणापत्रका नेपालमा १० लाख पर्टयन भित्राउने, रेल चलाउने,१० हजार मेगावाट जलबिद्युत उत्पादन, सिचाई, यातायात, हुलाकी राजमार्ग, पेट्रोलियम पाइप लगायत महत्वाकांक्षी बिकासका योजना सार्वजनिक गरिसकेको छ । त्यसैले अहिलेको भ्रमणमा प्रधानमन्त्रीका एजेन्डाभित्र नेपाल भारत व्यापार बिस्तारको लागि रेलवे, हुलाकी राजमार्ग, भन्सारदर ,व्यापारघाटाका बिषय भ्रमणको मुख्य एजेन्डा बनाउन उद्योगी व्यवसायीहरुले सुझाब दिएका छन् । https://www.youtube.com/watch?v=TcA70wJawMw&feature=youtu.be
प्रतिक्रिया दिनुहोस्