काठमाडौं । विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं.१ का उमेदबार रबीन्द्र मिश्रले बामपन्थी र कांगे्रस दुवै गठवन्धन कुकृत्य बढाउने गठवन्धन भएको आरोप लगाएका छन् ।
आम मतदाताले नेपाल बदल्न आफ्नो मन बदल्नु पर्ने आवश्यकता रहेको पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका नेता रबीन्द्र मिश्रले आग्रह गरेका छन् ।
एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै मिश्रले संविधान जारी गर्ने बेलामा भारतले लगाएको नाकाबन्दी अमानवीय मात्र नभएर गम्भीर अपराध भएको बताए । मिश्रका अनुसार नेपालले बुद्धि पुर्र्याए चीन र भारत हाम्रा लागि अवसर बन्ने धारणा व्यक्त गरे ।
एक अर्को प्रसंगमा मिश्रले आफू सांसदमा निर्वाचित भएपछि सांसदको मर्यादा उल्लंघन गरेर कुनै पनि दूतावास नधाउने प्रतिवद्धता व्यक्त गरे ।
र
मिश्रले नेपालमा बसेर विविसी लागि काम गर्दा पनि कुनै दूतावास प्रांगणमा समेत नगएको बताए ।
मिश्रले आफ्नो चुनावी अभियान, बैकल्पीक राजनीति र मतदातसंगको अनुभवक बारेमा गरिएको रोचक कुराकानी तपाईं पनि हेर्ने प्रयास गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्